काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपाली चलनचल्तीका नोट छाप्न ६ वटा कम्पनीलाई छनोट गरेको छ । राष्ट्र बैंकले बुधबार सूचना सार्वजनिक गर्दै नोट छनप्नका लागि ६ वटा कम्पनी छनोट भएको जानकारी दिएको हो ।
राष्ट्र बैंकका अनुसार चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डी ला रुउ इन्टरनेसनल लिमिटेड, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्यान्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ वक्र्सलाई नोट छाप्नका लागि छनोट गरेको हो ।
छनोट भएका ६ वटै कम्पनीले दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेन्डर) मा प्रतिस्पर्धा गर्न सक्ने बताइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी चैतमा राष्ट्र बैंकबाट बाहिरिँदैछन् । उनी बाहिरिँदै गर्दा नयाँ नोट छपाइको प्रक्रिया अगाडि बढाएका हुन् । अहिले गभर्नर अधिकारीको हस्ताक्षर रहेका नोट बजारमा सीमितमात्रै देखिन्छन् । यसअघिका गभर्नर चिरञ्जिवी नेपालले हस्ताक्षर गरेका नोट बजारमा भेटिन्छन् ।