logo

२०८१ चैत्र ३ सोमबार

logo
  • सोमबार, ३ चैत्र २०८१
  • क्षतिग्रस्त नेपालथोक-बर्खे खोला खण्डलाई पुनः निर्माण गर्न १ करोड ८२ लाखको ठेक्का

    क्षतिग्रस्त नेपालथोक-बर्खे खोला खण्डलाई पुनः निर्माण गर्न १ करोड ८२ लाखको ठेक्का

    130
    SHARES
    क्षतिग्रस्त नेपालथोक-बर्खे खोला खण्डलाई पुनः निर्माण गर्न १ करोड ८२ लाखको ठेक्का

    काठमाण्डौ । बाढीले क्षतिग्रस्त बनेको बीपी राजमार्ग सरकारले पुनः निर्माणका लागि ४ वटा प्याकेजमा ठेक्का आह्वान गर्ने भएको छ ।फागुन मसान्तभित्र चारवटै प्याकेजको ठेक्का आह्वान गर्ने सडक विभागले जनाएको छ ।

     

    चार वटा प्याकेजमा ठेक्का आह्वान गरिने सडक विभागका सूचना अधिकारी अमित कुमार शर्माले जानकारी दिए । उनका अनुसार चारवटा प्याकेजमा ठेक्का आह्वान गरिने तथा एउटा प्याकेज जाइकालाई निर्माण गर्न दिने तयारी रहेको छ । उनले भने, ‘पहिलो प्याकेजको बोलपत्र बुधबार भएको छ । हामी छिटोभन्दा छिटो ठेक्का खुलाउने तयारी गरिरहेका छौं । कहाँदेखि कहाँसम्म भन्ने हालसम्म टुङ्गो लागेको छैन ।’

     

    पहिलो प्याकेजमा नेपालथोक-बर्खे खोला सडकखण्डको ठेक्का आह्वान गरेको छ । बुधबार सडक डिभिजन खाल्टे सिन्धुलीले नेपालथोकदेखि बर्खे खोला सडकखण्ड करिब ५ किलोमिटर सडक स्थायी रूपमा पुनःनिर्माणका लागि ठेक्का आह्वान गरेको जनाइएको छ । अब बाँकी तीनवटा प्याकेजमध्ये एउटा प्याकेज पुनःनिर्माणका लागि जाइकालाई दिने बताउँदै जापानलाई पर्खिँदा एउटा प्याकेजको ठेक्का आह्वान गर्न ढिलो हुने बताइएको छ । साढे आठ अर्ब लागतमा स्थायी पुनःनिर्माण गरिने

     

    बीपी राजमार्ग स्थायी पुनःनिर्माणमा ४ वटा प्याकेजमध्ये एउटा प्याकेज जाइकालाई पुनर्निर्माणका लागि दिने तयारी भएको छ । एउटा प्याकेज जाइकाले पुनःनिर्माण गरेर बाँकी सरकार आफ्नै लागतमा गर्ने भएको छ ।

     

    नेपालथोक-बर्खे खोला खण्डलाई १ करोड ८२ लाखको ठेक्का
    सडक डिभिजन खाल्टे सिन्धुलीले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत पहिलो प्याकेज नेपालथोक–बर्खे खोला खण्डको ठेक्का आह्वान गरेको विभागले जनाएको छ । बुधबार सडक डिभिजन सिन्धुलीले नेपालथोकदेखि बर्खे खोला सडकखण्ड करिब ५ किलोमिटर सडक स्थायी रूपमा पुनःनिर्माणका लागि ठेक्का आह्वान गरेको विभागको भनाइ छ ।

     

    विभागका अनुसार १ करोड ८२ लाख ५० हजार रुपैयाँ लागतमा निर्माण गर्ने गरी ठेक्का आह्वान गरेको छ । यो सडकखण्ड निर्माणका लागि ठेक्का आह्वान गरेको मितिले एक महिनाभित्र आवेदन दिनुपर्ने बताइएको छ । आवेदनपछि निर्माण कम्पनी छनोट गरी निर्माणको सम्झौता गरिने समेत जनाइएको छ। निर्माण कम्पनीले सम्झौता गरेको दुई वर्षसम्म निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको सडक विभागले जनाएको छ ।


    अर्थ चौतारी
  • बुधबार, २८ फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved