logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • हिमालयन बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने २५ जनाको नाम सार्वजनिक, ३५ दिनमा कर्जा नतिरे कानूनी कारवाही गरिने

    हिमालयन बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने २५ जनाको नाम सार्वजनिक, ३५ दिनमा कर्जा नतिरे कानूनी कारवाही गरिने

    104
    SHARES
    हिमालयन बैंकको क्रेडिट कार्ड कर्जा नतिर्ने २५ जनाको नाम सार्वजनिक, ३५ दिनमा कर्जा नतिरे कानूनी कारवाही गरिने

    काठमाण्डाै । हिमालयन बैंकले क्रेडिट कार्ड कर्जा नतिर्ने २५ जनाको नाम सार्वजनिक गरेको छ। बैंकले एक सूचना जारी गर्दै क्रेडिट कार्ड प्रयोग गरेर कर्जा लिएर साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो।

     

    बैंकले उनीहरूलाई पटक–पटक लिखित तथा मौखिक ताकेता गरेर ऋण तिर्न आग्रह गरिरहेको छ । तर, क्रेडिट कार्ड होल्डरहरूले आग्रह नमानेपछि तीनपुस्ते विवरणसहित सार्वजनिक सूचना नै निकालेको बैंकले जनाएको छ ।

     

    सम्पूर्ण साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य रकम ३५ दिनभित्र नबुझाएमा कानुन बमोजिम अघि बढ्ने बैंकको भनाइ छ । साथै ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved