logo

२०८१ चैत्र ५ बुधबार

logo
  • बुधबार, ५ चैत्र २०८१
  • बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)

    बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)

    130
    SHARES
    बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)

    काठमाण्डौ । राजधानीको बुढानीलकण्ठ स्कुलले छात्रवृत्तिमा पढ्ने अवसर प्रदान गर्नका लागि दरखास्त आह्वान गरेको छ । बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा समेत सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूमध्येबाट छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

    जसअनुसार २०७१ वैशाख १ देखि २०७२ चैत ३० गतेसम्म जन्म भई कम्तीमा ३ र ४ कक्षामा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमति रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८१ मा कक्षा ४ अध्ययन पूरा गरेका लक्षित छात्र तथा छात्राले बुढानीलकण्ठ स्कुल अध्ययनको अवसर पाउनेछन् ।

    जसका लागि चैत २६ र २७ गते तोकिएको परीक्षा केन्द्रमा फाराम बुझाउनुपर्नेछ । सूचनाअनुसार बुढानीलकण्ठ स्कुलका लागि खुला तथा आरक्षण सिटको संख्या ४२ रहेको छ। यसैगरी साझेदारी कार्यक्रम अन्तर्गतका थप साझेदारी स्कुलका निमित्त समेत जिल्ला नदोहोरिने गरी ७७ जना विद्यार्थी छनोट हुनेछन् ।

    सूचना हेर्नुहोस्ः

    ddr


    अर्थ चौतारी
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved