काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चैत १२ गतेबाट निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले सो तालिम चैत १५ गतेसम्म सञ्चालन गर्न लागेको हो । उक्त तालिममा सहभागि हुनका लागि चैत ११ गतेभित्र कम्पनीको इमेल ठेगानामा निवेदन पेश गर्नुपर्नेछ ।
तालिम अनलाइन मार्फत सञ्चालन हुनेछ । तालिम विहान १० बजेबाट ४ बजेसम्म हुने जनाइएको छ । बीमा अभिकर्ता तालिमको अन्तिम दिन चैत १५ गते परीक्षा दिनको २ बजे सञ्चालन हुनेछ । अभिकर्ता इजाजतपत्रको लागि २५ सय रुपैयाँ शुल्क लाग्नेछ ।