logo

२०८१ चैत्र ८ शनिबार

logo
  • शनिबार, ८ चैत्र २०८१
  • समृद्धि फाइनान्सको सिईओबाट लोहनी बाहिरिए, वैशाखबाट लागु हुनेगरी घिमिरे नियुक्त

    समृद्धि फाइनान्सको सिईओबाट लोहनी बाहिरिए, वैशाखबाट लागु हुनेगरी घिमिरे नियुक्त

    104
    SHARES
    समृद्धि फाइनान्सको सिईओबाट लोहनी बाहिरिए, वैशाखबाट लागु हुनेगरी घिमिरे नियुक्त

    काठमाण्डाै । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । २८ फागुनमा बसेको सञ्चालक समिति बैठकले १ वैशाख २०८२ देखि लागु हुनेगरी आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

     

    संस्थाका हालका प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनीले व्यक्तिगत कारण देखाई दिएको राजीनामा स्वीकृत गर्दै नयाँ प्रमुख कार्यकारी अधिकृतमा घिमिरेलाई नियुक्त गरेको हो । लोहनीको राजिनामा २९ फागुनदेखि लागु हुनेगरी स्वीकृत गरेको हो । यस्तै नयाँ प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नसम्हाल्दा सम्मको लागि नायब महाप्रबन्धक विनोद राज पौडेललाई फाइनान्सले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

    गोर्खाज फाइनान्सका पुर्व प्रमुख कार्यकारी अधिकृत घिमिरेले राष्ट्र बैंकले तोकेको ६ महिनाको कुलिङ पिरियड सकिएपछि समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका हुन् । उनि असोज अन्तिम साता गोर्खाज फाइनान्सबाट बाहिरिएका थिए । नेपाल राष्ट्र बैंकको निर्देशकबाट अवकास भएकापछि घिमिरे गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत भएका थिए ।


    अर्थ चौतारी
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved