logo

२०८१ चैत्र ३ सोमबार

logo
  • सोमबार, ३ चैत्र २०८१
  • भारतीयलाई लक्षित गर्दै प्रभु बैंकले मुक्तिनाथमा सुरु गर्यो भीम युपीआई

    भारतीयलाई लक्षित गर्दै प्रभु बैंकले मुक्तिनाथमा सुरु गर्यो भीम युपीआई

    91
    SHARES
    भारतीयलाई लक्षित गर्दै प्रभु बैंकले मुक्तिनाथमा सुरु गर्यो भीम युपीआई

    काठमाण्डौ । प्रभु बैंकले मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्द्रिर परिसमा भीम युपीआई सेवा सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सेवाको औपचारीक शुभारम्ब गरेका हुन् ।

     

    यससँगै डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको बैंकको दाबी छ । यससँगै मुक्तिनाको भ्रमाणमा आउने भारतिय पर्यटकले आफ्‌नो बैंकखाताबाटै भीम युपीआई स्क्यान गरी मन्दिरमा भेटी, दान, दक्षिणा र अन्य भुक्तानी गर्न सक्ने भएका छन् । मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने भारतिय भक्तजनलाई डिजिटल माध्यमबाट सहज भुक्तानी सुविधा प्रदान गर्ने दाबी बैंकले गरेको छ । यसले नेपाल–भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिएको बैंकले जनाएको छ । उक्त सेवा नेपाल भारत क्रसबोर्डर डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने प्रयास भएको बैंकले उल्लेख गरेको छ ।

     

    उक्त सेवा सुरुवात गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भीम युपिआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने बताए । उनले भक्तजनहरूका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने विश्वास व्यक्त गर्दै डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

     

    गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नविनतम प्रविधिहरूको प्रवद्र्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए । डिजिटल भुक्तानी प्रविधिलाई नेपालभर सर्वसुलभ बनाउने तथा वित्तीय पहुँचलाई विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाउने बताए ।


    अर्थ चौतारी
  • शुक्रबार, ३० फाल्गुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved