काठमाण्डौ । अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले कम मूल्यका कारहरु बजारमा ल्याउने तयारी गरेको छ। एजेन्सीहरुका अनुसार कम्पनीले चिनियाँ बजारमा अधिकतम बिक्री भएका मोडल वाईका कम मूल्य भर्सनका कार ल्याउने तयारी गरेको हो।
चिनियाँ बजारमा आफ्नो प्रभुत्व फर्काउन कम्पनीले यस्तो रणनीति बनाएको बताइएको छ। यी कार ई४१ सांकेतिक नाममा अहिले धमाधम विकास भइरहेको बताइएको छ। यी कारहरु साना र सन् २०२३ मा सार्वजनिक भएको मोडल वाईको तुलनामा २० प्रतिशत सस्ता हुनेछन्।