logo

२०८२ बैशाख १० मंगलबार

logo
  • मंगलबार, १० बैशाख २०८२
  • नेपालले पायाे खाद्यवस्तु परीक्षणको अन्तर्राष्ट्रिय मान्यता, परीक्षणको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य

    नेपालले पायाे खाद्यवस्तु परीक्षणको अन्तर्राष्ट्रिय मान्यता, परीक्षणको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य

    117
    SHARES
    नेपालले पायाे खाद्यवस्तु परीक्षणको अन्तर्राष्ट्रिय मान्यता, परीक्षणको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य

    काठमाण्डाै । नेपालबाट निर्यात हुने खाद्यवस्तु परीक्षणको लागि नेपाल दुई प्रयोगशालाले अनुमति पाएका छन् । भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया (एफएसएसएआई) र परीक्षण तथा क्यालिब्रेसन प्रयोगशालाहरूको लागि राष्ट्रिय मान्यता बोर्ड (एनएबीएल) ले नेपालका दुई प्रयोगशालालाई पारस्परिक मान्यता प्रदान गरेको खाद्य प्रविधि गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले बताए ।

     

    सरकारले भारतको फुड सेफ्टी एन्ड स्टाण्डर्डस अर्थोरिटी अफ इण्डिया एफएसएसएआईसँग मान्यताको पटक पटक विविध चरणमा काम गर्दै आएको थियो । अन्तत नेपाली दुई प्रयोगशालाले आधिकारिक रूपमा मान्यता पाएको हो । नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स प्रयोगशाला र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय अन्तर्गत रहेको प्रयोगशालाले परीक्षणको अन्तर्राष्ट्रिय मान्यता पाएसँगै परीक्षणको लागि भारत जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

     

    गत अप्रिल ४ मा भारत सरकारले नेपालबाट भारतमा निर्यात हुने ८ खाद्य समूहभित्र पर्ने वस्तुको विश्लेषण गुणस्तर परीक्षण प्रमाणपत्रलाई पारस्परिक मान्यता दिने निर्णय गरेको हो । अब नेपालबाट निर्यात हुने जुस, जाम, जेली, अचार, चिनीका सामग्री, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सलगायतको परीक्षण नेपालमै हुनेछ । साथै नेपाली प्रयोगशालाले दिएको प्रमाणपत्रको आधारमा भारतमा विना अवरोध निर्यात हुनेछ ।

     

    अन्तर्राष्ट्रिय मान्यता पाएसँगै व्यवसायीहरूको लागत पनि घट्ने छ भने नेपाली खाद्यवस्तु भारत पुगेर परीक्षण गरिसकेपछि फेरि फिर्ता ल्याउनुपर्ने वा उतै नष्ट गर्नुपर्ने बाध्यता समेत हट्ने छ। व्यवसायीहरूले निर्यात गर्नुभन्दा दुई हप्ता अगाडी नै निवेदन दिने र आफ्नो उद्योगको निरीक्षण तथा ब्याच प्रमाणीकरण गराउनुपर्ने छ । यो एउटा सुखद् शुरुवात भएको भन्दै विभागले यसबाट व्यापार सहजीकरण र निर्यात बढ्ने विश्वास व्यक्त गरेको छ । प्रयोगशालाले खाद्य वस्तु दुई सय ८४ प्यारामिटरमा परीक्षण गर्ने मानक रहेकोमा अहिले त्यसलाई बढाएर ६ सय ३४ पुर्‍याइएको विभागले जनाएको छ । विभागसँग हाल १३ वटा ल्यावहरू रहेका छन् ।

     


    अर्थ चौतारी
  • बुधबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved