logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • शेरचनकाे कार्यकाल अब २०८३ माघसम्मै, तत्काल कार्यकाल समाप्त नगर्न सर्वोच्चको साथ

    शेरचनकाे कार्यकाल अब २०८३ माघसम्मै, तत्काल कार्यकाल समाप्त नगर्न सर्वोच्चको साथ

    143
    SHARES
    शेरचनकाे कार्यकाल अब २०८३ माघसम्मै, तत्काल कार्यकाल समाप्त नगर्न सर्वोच्चको साथ

    काठमाण्डौ । प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचेनले सर्वोच्च अदातलबाट अन्तरिम आदेश पाएका छन्। यससँगै यही बैशाख ९ गतेबाट स्वतः अवकास पाउने उच्च अदालत पाटनको फैसला तत्कालका लागि निष्कृय भएको छ । साथै शेरचनको पद हाललाई जोगिएको छ ।



     

    उच्च अदालत पाटनले आफ्नो कार्यकाल आगामी साता स्वतः अन्त्य हुने फैसला सुनाएपछि उनी त्यस फैसलाविरुद्ध सर्वोच्च अदातलको ढोका ढकढक्याउन पुगेका हुन् । सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलाशले ‘कारण देखाउ’ सहित अल्पकालिन अन्तरिम आदेश जारी हुने निर्णय गरेका हुन् ।

     

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)ले एक व्यक्ति दुई कार्यकालभन्दा बढी सीईओ नियुक्त हुन नसक्ने व्यवस्था गरेको छ । यो ऐन आएपछि पनि शेरचनले बैंकमा दुई कार्यकाल पूरा गरिसकेका छन् । तर केही समयअघि सेन्चुरी बैंकसँग मर्जर तथा एक्विजिसन गरेर प्रभू बैंकमा थप एक कार्यकाल सीईओ बन्ने मौका उनले पाएका थिए। यस्तो सुविधा राष्ट्र बैंकले दिएको छ ।

     

    बैंकको सञ्चालक समितिले शेरचनलाई २०७९ माघ १२ गतेदेखि लागु हुने गरी तेस्रो कार्यकालका लागि सीईओ नियुक्त गरेको थियो। ४ वर्षको कार्यकालका लागि नियुक्त भएका उनको कार्यकाल २०८३ माघ ११ गतेसम्म छ । तर नयाँ बाफिया २०७४ वैशाख १० देखि कार्यान्वयनमा आएको थियो। नयाँ ऐनमा बैंकको सीईओको कार्यकाल अधिकतम ८ वर्ष तोकिएको छ। त्यस आधारमा २०८२ वैशाख ९ मा स्वतः कार्यकाल समाप्त हुने फैसला उच्च अदालतले गरेको थियो ।

     

    २०७१ देखि नै बैंकको सीईओ रहेका शेरचन २०७५ मा दोस्रो कार्यकालका लागि पुनः नियुक्ति भएका थिए । तर नयाँ बाफिया ऐन अनुसार उनको यो पहिलो नियुक्ति भएको दाबी शेरचनले गरेका छन् । त्यसो हुँदा २०७९ मा भएको नियुक्तिमात्रै दोस्रो कार्यकाल भएको तर्कका आधारमा उनले २०८३ माघसम्म काम गर्न पाउनु पर्ने भनेका छन् । सर्वोच्च अदालतले यही दलिललाई स्वीकार गरेर तत्कालका लागि उनको पद नखोसिने गरी आदेश जारी गरेको छ ।

     


    अर्थ चौतारी
  • बुधबार, ३ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved