logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो

    नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो

    234
    SHARES
    नेप्से ९.७५ अंकले वृद्धि, कारोबार घट्यो

    काठमाण्डौ । बुधबार सेयरबजार परिसूचक नेप्से ९.७५ अंकले वृद्धि भई २६९८.९७ विन्दूमा पुगेको छ ।



     

    नेप्से बढेपनि कारोबार भने घटेको छ । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त मूल्य बराबरको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर किनबेच भएको छ ।

     

    बुधबार कारोबारमा आएका १४७ कम्पनीको मूल्य वृद्धि भएको छभने ९७ कम्पनीको मूल्य घटेको छ । दुई वटा कम्पनीको मूल्य स्थीर रहेको छ ।

     

    यस्तै आज बैंकिङ क्षेत्रको शेयर बढेको छ । वाणिज्य बैंक, विकास बैंक, हाइड्रोपावर, लाइफ इन्सुरेन्स म्युचुअल फण्ड,नन्लाइफ इन्सुरेन्स क्षेत्रकको सेयर बढेको छ । साथै फाइनान्स, होटलतथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्तको शेयर घटेको छ ।


    अर्थ चौतारी
  • बुधबार, ३ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved