logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • ‘तपाईंको खाता सस्पेन्ड हुन लाग्यो’ भन्दै इसेवाबाट १ करोड चोर्ने २२ वर्षीय युवक पक्राउ

    ‘तपाईंको खाता सस्पेन्ड हुन लाग्यो’ भन्दै इसेवाबाट १ करोड चोर्ने २२ वर्षीय युवक पक्राउ

    416
    SHARES
    ‘तपाईंको खाता सस्पेन्ड हुन लाग्यो’ भन्दै इसेवाबाट १ करोड चोर्ने २२ वर्षीय युवक पक्राउ

    काठमाण्डौ । इसेवा प्रयोगकर्ता ४ हजार भन्दा बढी ब्यक्तिको खाताबाट करोडौ रुपैयाँ चोरी गर्ने एक युवक पक्राउ परेका छन् ।

     

    इसेवा प्रयोगकर्ता ४ हजार भन्दा बढी ब्यक्तिको खाताबाट १ करोड २ लाख रुपैयाँ चोरी गर्ने कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौं अनामनगर बस्ने २२ वर्षीय राहुल बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले वैशाख २ गते पक्राउ गरेको छ ।

     

    अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार विभिन्न व्यक्तिहरुलाई एसएमएस मार्फत दि अलर्ट, एटी अलर्ट जस्ता फिसिङ लिंक पठाइ तपाईंको खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाइको लागि लिंक खोल्न लगाइ बुढाले उक्त रकम चोरी गरेको पाइएको छ ।

     

    ईसेवा प्रयोगकर्ता ४ हजार व्यक्तिमा अनाधिकृत पहुँच पुर्‍याई ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रालीको मर्चेन्ट खाताहरुमा १ करोड २ लाख रकम ट्रान्सफर गरी रकम चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । वैशाख २ गते कालीमाटीबाट पक्राउ परेका बुढालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको जिसीले बताए ।


    अर्थ चाैतारी
  • २०८२ बैशाख ३, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट