logo

२०८२ मंसिर २९, सोमबार

logo
  • २०८२ मंसिर २९, सोमबार
  • सरकारका प्रवक्ता भन्छन् : देउवा र ओलीबीच गभर्नर नियुक्तिको विषयमा सहमति भइसक्यो

    सरकारका प्रवक्ता भन्छन् : देउवा र ओलीबीच गभर्नर नियुक्तिको विषयमा सहमति भइसक्यो

    871
    SHARES
    सरकारका प्रवक्ता भन्छन् : देउवा र ओलीबीच गभर्नर नियुक्तिको विषयमा सहमति भइसक्यो

    काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गभर्नर नियुक्ति हुने बताएका छन् । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले यस्तो दावी गरेका हुन् ।

    उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएको ढिलाइ भएको बताए । उनले सत्तारूढ दलहरुबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी समेत दिए । मन्त्री गुरुङले सत्तारूढ राजनीतिको संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत जानकारी दिए ।

     

    उनले भने, ‘हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्ति गर्ने सहमति पनि भएको छ । अब संयन्त्रको बैठक बस्दैछ । उक्त बैठकले नीतिगत मार्गनिर्देशन गर्नेछ भन्ने हाम्रो विश्वास छ । गभर्नर नियुक्तिकाे समस्या चाँडै समाधान हुन्छ ।’

     

    सरकार शिक्षकका मागहरूप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे । उनले शिक्षकका जायज मागहरु पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको समेत जानकारी दिए ।

     


    अर्थ चाैतारी
  • २०८२ बैशाख ३, विहिबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट