logo

२०८२ जेष्ठ ५ आइतबार

logo
  • आइतबार, ५ जेष्ठ २०८२
  • चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

    चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

    104
    SHARES
    चार निर्माण कम्पनी सरकारको कालोसूचीमा

    काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न चार निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।



     

    आज एक सूचना प्रकाशित गर्दै कार्यालयले तीन कम्पनीलाई डेढ वर्ष र एउटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

     

    कालोसूचीमा परेका कम्पनीहरूमा छिरिङ लामा डोङ र पम्बर लामा मुख्य व्यक्ति भएको बिल्ड ब्रदर्श कन्स्ट्रक्सन प्रालि गोङ्गबु, सहदेव गौतम मुख्य व्यक्ति भएको एसएम कन्स्ट्रक्सन मकवानपुर, सुकूँ रानामगर मुख्य व्यक्ति भएको राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र तुफान सिंह बुढाथोकी मुख्य व्यक्ति भएको शारदा नगरपालिका सल्यानको गौरीगोमा निर्माण सेवा छन् । गौरीगोमालाई एक वर्ष र अन्यलाई डेढ वर्षको लागि कालोसूचीमा राखिएको हो ।

    Black-List


    अर्थ चौतारी
  • बिहिबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved