logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड

    बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड

    104
    SHARES
    बिचौलियाका कारण सरकारले गभर्नर नियुक्ति गर्न सकेन : प्रचण्ड

    बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र बिचौलियाबिच घनिष्ठ सम्बन्ध रहेको बताएका छन् ।



     

    आज भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले बिचौलियाकै कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको उल्लेख गरे । सरकारले राम्रालाई नियुक्त गर्ने भन्दा बिचौलियालाई अवसर दिने गरेको उनको आरोप छ । बिचौलियाकै इशारामा सरकारले राम्रा कर्मचारीलाई दुख दिने गरेको प्रचण्डले बताए ।

     

    सरकार असंवैधानिक भएको आरोप लगाउँदै उनले यो सरकार दुई तिहाइको नभई षड्यन्त्र र अपारदर्शीको भएको उल्लेख गरे । कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरूलाई थाहा नदिई अपारदर्शी ढङ्गले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन ओलीको नेतृत्वमा सरकार बनाइएको प्रचण्डको दाबी छ ।

     


    अर्थ चौतारी
  • बिहिबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved