logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • रोयल इनफिल्ड क्लासिक ३५० नयाँ लुक्सका साथ बजारमा, सुरुवाती मूल्य ५.५५ लाख

    रोयल इनफिल्ड क्लासिक ३५० नयाँ लुक्सका साथ बजारमा, सुरुवाती मूल्य ५.५५ लाख

    143
    SHARES
    रोयल इनफिल्ड क्लासिक ३५० नयाँ लुक्सका साथ बजारमा, सुरुवाती मूल्य ५.५५ लाख

    काठमाण्डौ । रोयल इनफिल्डले लोकप्रिय मोडल क्लासिक ३५० को पाँच भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालमै रहेको सिकेडी प्लान्ट (सीकेडी) मा उत्पादन गरिएको यो नयाँ संस्करण सात आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।



     

    कम्पनीका अनुसार क्लासिक ३५० को सुरुवाती मूल्य ५ लाख ५५ हजार रुपैयाँ तोकिएको छ । आधुनिक प्रविधिसहित यस मोटरसाइकलमा डुअल च्यानल एबीएस, एलईडी हेडलाइट, यूएसबी चार्जर, गियर इन्डिकेटर जस्ता सुविधाहरू उपलब्ध छन् । अबदेखि क्लासिकका सबै भेरियन्टहरूमा एबीएस अनिवार्य हुने छ ।

    पाँच भेरियन्टकाे मूल्य यस्तो छ

    हेरिटेज (मद्रास रेड, जोधपुर ब्लू) : रू ५,५५,०००

    हेरिटेज प्रिमियम (मेडालियन ब्रोन्ज) : रू ५,६६,०००

    सिग्नल्स (कमाण्डो सेण्ड) : रू ५,६६,०००

    डार्क (गन ग्रे, स्टेल्थ ब्ल्याक) : रू ५,७३०००

    क्रोम (इमराल्ड ग्रीन) : रू ५,७९,९००

     

    वीरगञ्जस्थित सिकेडी प्लान्टमा उत्पादन सुरु गरेपछि रोयल इनफिल्डले नेपालमा प्रिमियम मोटरसाइकल क्षेत्रलाई अझ सशक्त बनाएको छ । वार्षिक २० हजार युनिट उत्पादन क्षमता रहेको यस प्लान्टबाट उत्पादित क्लासिक ३५० आजैदेखि बुकिङ, टेस्ट राइड र विक्रीका लागि उपलब्ध गरिएको छ ।

     

    कम्पनीका प्रमुख वाणिज्य अधिकृत यदविन्दर सिंह गुलेरियाले क्लासिक ३५० ले पुरानो विरासतलाई आधुनिक शैलीमा अघि बढाउने विश्वास व्यक्त गर्दै भने, ‘नेपाल हाम्रो लागि सधैं विशेष बजार रहँदै आएको छ । ग्राहकहरूको मायाले हामीलाई उत्साहित बनाएको छ ।’

     

    कम्पनीका अनुसार क्लासिक ३५० सँगै रोयल इनफिल्डले बुलेट ३५०, हन्टर ३५०, मेटेओर ३५०, सुपर मेटेओर ६५०, हिमालयन एड्भेन्चर ४५० लगायतका मोडलहरू पनि नेपालमा उपलब्ध गराइरहेको छ । क्लासिक डिजाइन, शक्तिशाली इञ्जिन र नवीन प्रविधिको संयोजनले क्लासिक ३५० ले रोयल इनफिल्डको सांस्कृतिक र प्राविधिक विरासतलाई नयाँ उचाइमा पुर्याउने विश्वास कम्पनीले लिएको छ ।


    अर्थ चौतारी
  • बिहिबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved