logo

२०८२ फागुन ६, बुधबार

logo
  • २०८२ फागुन ६, बुधबार
  • भीमाको परिवारलाई कर्णाली प्रदेश अस्पतालले १५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला

    भीमाको परिवारलाई कर्णाली प्रदेश अस्पतालले १५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला

    494
    SHARES
    भीमाको परिवारलाई कर्णाली प्रदेश अस्पतालले १५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला

    सुर्खेत । एक वर्षअघि कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएकी भीमा (रिजुका) गुरुङ बलामीको परिवारले १५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएको छ। सुर्खेत जिल्ला अदालतले बुधबार सो फैसला सुनाएको हो।



     

    उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुगेकी दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी भीमाको उपचारका क्रममा २०८० चैत २९ गते मृत्यु भएको थियो। त्यसपछि पीडित परिवारले डाक्टरको लापरबाहीले मृत्यु भएको भनी २०८१ वैशाख १७ गते प्रदेश अस्पताल, तत्कालीन निर्देशक डम्बर खड्का र उपचारमा संलग्न डाक्टर ललितजंग शाहीविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दिएको थियो।

     

    त्यसको एक वर्षपछि बुधबार न्यायाधीश दीपक ढकालको इजलासले मृतकका पति र छोरीलाई प्रतिवादीबाट १५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए। पीडितको पक्षबाट अधिवक्ता शेरबहादुर खत्री, उपेन्द्र रावत, विद्याभूषण मानन्धरले बहस गरेका थिए।


    अर्थ चाैतारी
  • विहिबार, ३ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट