logo

२०८२ जेष्ठ ५ आइतबार

logo
  • आइतबार, ५ जेष्ठ २०८२
  • प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

    प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

    208
    SHARES
    प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस (सूचीसहित)

    काठमाण्डाै । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्र कुवेर खापुङ छन् ।



     

    बिहिबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । एआईजीमा बढुवा सिफारिस भएका खापुङ, आचार्य र पोखरेल आईजीपी दीपक थापाकै ब्याचमेट हुन् । उनीहरु २०५२ कार्तिक २७ मा प्रहरीमा प्रवेश गरेर २०८० वैशाख ६ मा डीआइजी भएका थिए ।

     

    दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी र २०५४ चैत १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरीमा प्रवेश गरेका थिए ।

     

    भुटानी शरणार्थी प्रकरणको फाइल खोलेर चर्चामा आएका डा.केसी प्रहरीमा काविल अफिसर भनेर चिनिन्छन् । शरणार्थी प्रकरणको अनुसन्धान र मुद्दाको अभियोजन हुँदा दानबहादुर कार्की जिल्ला प्रहरी परिसर काठमाण्डौको प्रमुख थिए ।

    gggg


    अर्थ चौतारी
  • बिहिबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved