logo

२०८२ जेष्ठ ५ आइतबार

logo
  • आइतबार, ५ जेष्ठ २०८२
  • शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार, सकुशल जोगिए

    शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार, सकुशल जोगिए

    182
    SHARES
    शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार, सकुशल जोगिए

    कपिलवस्तु । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार अध्यक्ष चौधरीलाई लक्षित गर्दै बिहीबार राति साढे ११ बजे कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित घरको परिसरमा गोली प्रहार भएको हो ।



     

    शुद्धोधनका अध्यक्ष चौधरी मायादेवीस्थित आफ्नै घरमा बस्दै आएका छन् । शौचालय गएर फर्किने क्रममा उनलाई लक्षित गरी बाहिरबाट गोली चलाइएको डिएसपी अधिकारीले जानकारी दिए । घटनास्थलमा पेस्तोलमा प्रयोग हुने गोलीको खोका भेटिएको प्रहरीले जनाएको छ ।

     

    ‘अध्यक्षज्यू शौचालय गएर फर्किंदै गर्दा घरको गेटबाहिरबाट कसैले गोली प्रहार गरेको हो,’ डिएसपी अधिकारीले भने, ‘उहाँ सकुशल हुनुहुन्छ, घटनास्थलबाट गोलीको खोका पनि बरामद भएको छ।’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    अर्थ चौतारी
  • शुक्रबार, ५ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved