काठमाण्डौ । एपेक्स हस्पिटालिटी लिमिटेडले प्रिमियम मूल्यमा झण्डै २० करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले जगेडामा रहेको १४ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयर अंकित मूल्य १ सय रुपैयाँमा ३५ रुपैयाँ थप गरी प्रतिकित्ता १३५ रपैयाँमा बिक्री गर्नेछ । प्रिमियम मूल्यका आधारमा कम्पनीले १९ करोड ९१ लाख २५ हजार रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
विषेश साधारण सभाबाट प्रस्ताव पारितभएपछि गत चैत ३१ गते बसेको सञ्चाल समितिको बैठकले प्रिमियम मूल्यमा सेयर बिक्री खुला गर्ने निर्णय गरेको हो । कम्पनीको सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।