logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

    सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

    130
    SHARES
    सान्भि इनर्जीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

    काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरेको हो ।



     

    कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको ४३ प्रतिशत अर्थात् ३७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३७ लाख ९० हजार कित्ता आईपीओ जारी गरेको हो । जसमध्ये १० अर्थात् ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका-१० (साविकको गोदक गाविसका १ देखि ९ नम्बर वडा,), माइजोगमाई गाउँपालिका-१ (साविकको नयाँबजार गाविसका १-४, ६-४ नम्बर वडा), माइजोगमाई गाउँपालिका वडा नम्बर ३ र ४ (साविकको नाम्सालिङ्ग गाविसका १ देखि ९ नम्बर वडाहरु तथा नयाँबजार गाविसको वडा नम्बर ५), सूर्योदय नगरपालिका-१० (साविकको फिक्कल गाविसका ६ देखि ९ नम्बर वडा) तथा सूर्योदय नगरपालिका-११ (साविकको पञ्चकन्या गाविसका २, ६, ८ वडा) का स्थायी बासिन्दाहरूलाई छुट्याइएको छ ।

     

    यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि १० अर्थात् २ लाख ८१ हजार कित्ता सेयर बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतममा २० हजार कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा वैशाख १९ गतेभित्र आवेदन दिनु पर्नेछ । तर, आयोजना प्रभावित क्षेत्रलाई छुट्याएको सेयरमा पूर्ण आवेदन नपरेमा जेठ ३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

     

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थलका साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।


    अर्थ चौतारी
  • शुक्रबार, ५ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved