logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • सिकार खेल्न गएका २४ वर्षीय युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

    सिकार खेल्न गएका २४ वर्षीय युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

    403
    SHARES
    सिकार खेल्न गएका २४ वर्षीय युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ

    डाेटी । डोटीमा सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ। बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका उनको गोली लागेर मृत्यु भएको हो।

     

    बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको पन्तले बताए।

     

    घटनापछि प्रहरीले खड्कासँगै रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पन्तले बताए। रासस


    अर्थ चाैतारी
  • २०८२ बैशाख ४, शुक्रबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट