काठमाण्डौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको गोन्द्राङदेखि पुल्चोकसम्म विस्तार गरिएको ६ लेनको सडक उद्घाटन गरिएको छ ।
शुक्रबार दिउँसो आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रूपमा सडकको उद्घाटन गरेका हुन् । औपचारिक कार्यक्रमपछि सो सडक सर्वसाधारणका लागि खुला गरिएको हो ।
यसअघि त्यही दिन प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहले चितवनकै कुरिनटारमा रहेको इच्छाकामना गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गरेका थिए ।