logo

२०८२ फागुन ६, बुधबार

logo
  • २०८२ फागुन ६, बुधबार
  • बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

    बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

    624
    SHARES
    बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

    काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले बैसाख ११ गते देखि सञ्चालन हुने कक्षा १२ को परीक्षा स्थगित नभएको जनाएको छ। बोर्डले आज सार्वजनिक विज्ञेप्ती जारी गर्दै परीक्षा नहुने भन्दै भ्रम फैलाउने समाचारप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको हो।



     

    परीक्षासम्बन्धि आधिकारिक सूचना बोर्डले आफनो बेभसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ। अन्य माध्यमबाट आएको सूचनामा भर नपर्न समेत बोर्डले आग्रह गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर चैत्र २० गते देखि आन्दोलन सुरु गरेको शिक्षकहरु कक्षा १२ को परीक्षामा सामेल नहुने जनाईसकेका छन्। कक्षा १२ को परीक्षा आगामी साता सुरु हुने तालिका छ।

     

    १६ दिन देखि शिक्षकहरू आन्दोलन भएका कारण विद्यार्थीमा परीक्षा हुन्छ कि हुदैन भन्ने अन्यौला कायम नै छ। आन्दोलनका कारण परीक्षा सञ्चालन तयारी रोकिएको छ। यस बर्ष करिव ५ लाख विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सामेल हुँदैछन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट