logo

२०८२ फागुन ६, बुधबार

logo
  • २०८२ फागुन ६, बुधबार
  • सिटिजन लाइफले घर जग्गा खरिद गर्दै, शिलबन्दी बोलपत्र आब्हान

    सिटिजन लाइफले घर जग्गा खरिद गर्दै, शिलबन्दी बोलपत्र आब्हान

    793
    SHARES
    सिटिजन लाइफले घर जग्गा खरिद गर्दै, शिलबन्दी बोलपत्र आब्हान

    काठमाण्डौ । सिटिजन लाइफ इन्योरेन्स कम्पनीले घर जग्गा खरिद गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै काठमाडौं महानगरपालिका भित्रः त्रिपुरेश्वर, थापाथली, बबरमहल, बिजुलीबजार, अनामनगर, नयां बानेश्वर, शान्तिनगर, तिनकुने, सिनामंगल, पुरानो बानेश्वर, गौशाला, मैतिदेवी, ज्ञानेश्वर, डिल्लीबजार, पुतलीसडक, कमलादी, कमलपोखरी, हात्तीसार, दरबारमार्ग, लैनचौर, लाजिम्पाट महाराजगञ्ज, विशालनगर, बालुवाटार, गहनापोखरी, टंगाल, भाटभटेनी, गैह्रीधारा, नक्साल तथा सो आसपासका प्रमुख व्यापारिक क्षेत्रहरु र ललितपुर महानगरपालिका भित्रः कुपण्डोल, पुल्चोक, जावलाखेल, हरिहरभवन, मानभवन, सानेपा तथा सो आसपासका प्रमुख व्यापारिक क्षेत्रहरुमा २ देखि ५ रोपनीसम्म क्षेत्रफल भएको घर वा घर सहितको जग्गा आवश्यक भएको जनाएको छ ।



     

    कम्पनीले न्यूनतम ८ मिटरको मोटरको पक्की बाटो कायम भएको जग्गा आवश्यक भएको समेत जनाएको छ । उक्त स्थानको घर वा जग्गा बिक्री गर्न इच्छुक घर जग्गाधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र विभिन्न शर्तहरुको अधिनमा रही शिलवन्दी बोलपत्र कम्पनीमा पेश गर्नुपर्ने जनाएको छ ।

    कम्पनीले विभिन्न शर्तहरु राखेको सोही शर्तको आधारमा शिलबन्दी पेश गर्नुपर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ४ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट