logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • आज राति नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट अवरुद्ध हुनसक्ने

    आज राति नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट अवरुद्ध हुनसक्ने

    104
    SHARES
    आज राति नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट अवरुद्ध हुनसक्ने

    काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन, इन्टरनेट र टिभी सेवा शुक्रबार रातिदेखि अवरुद्ध हुनसक्ने कम्पनीले जनाएको छ।



    एक सूचना जारी गर्दै टेलिकमले उक्त जानकारी दिएको हो। कम्पनीका अनुसार बेलुकी ९ बजेदेखि भोलि बिहान ७ बजेसम्म ठहिटी, असन, भेडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागललगायतका क्षेत्रहरुमा सेवा अवरुद्ध हुनसक्नेछ।

    ती स्थानहरुमा एफटीटीएच सेवा अवरुद्ध हुने अग्रिम जानकारी गराइएको हो। निर्धारित समयभन्दा अघिपछि सेवा पुनः सुरु नभए सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ।


    अर्थ चौतारी
  • शुक्रबार, ५ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved