logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • ‘विद्युतिय सवारी साधनको बिमा सम्बन्धी स्पष्ट, पारदर्शी नीति आवश्यक’

    ‘विद्युतिय सवारी साधनको बिमा सम्बन्धी स्पष्ट, पारदर्शी नीति आवश्यक’

    221
    SHARES
    ‘विद्युतिय सवारी साधनको बिमा सम्बन्धी स्पष्ट, पारदर्शी नीति आवश्यक’

    काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठसहितको टोली र बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाबिच भेट भएको छ । भेटमा विद्युतिय सवारी साधनहरुको बिमा नीतिका सम्बन्धमा छलफल गरेको छ ।



     

    छलफलमा उपाध्यक्ष श्रेष्ठले विद्युतिय सवारी साधनहरुको सन्दर्भमा हालसम्म बिमा नीति तयार नभईसकेकोले विद्युतिय सवारी साधनको बिमा सम्बन्धमा स्पष्ट, पारदर्शी नीति निर्माणको आवश्यकता रहेको बताए । विद्युतिय सवारी साधनको बढ्दो संख्याका कारण उत्पन्न जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनु पर्ने धारणा राखे ।

     

    प्राधिकरणले सो नीतिमा विद्युतिय सवारी साधनहरुको स्पेयर पाट्र्स, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बिमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको जानकारी दिएको छ । प्राधिकरणले नाडालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने छ ।

     

    विद्युतिय सवारी साधनहरुका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नु पर्ने आवश्यकता देखिएकोले न्यूनतम रुपमा दक्षिण एसियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी तत्सम्बन्धमा नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्नेछ ।


    अर्थ चौतारी
  • शुक्रबार, ५ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved