logo

२०८२ पुस १, मंगलबार

logo
  • २०८२ पुस १, मंगलबार
  • राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोडको ऋणपत्र बिक्री गर्ने

    राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोडको ऋणपत्र बिक्री गर्ने

    884
    SHARES
    राष्ट्रिय वाणिज्य बैंकले आजदेखि दुई अर्ब ५० करोडको ऋणपत्र बिक्री गर्ने

    काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।

     

    कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।

     

    दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ । यस्तै, ४० प्रतिशतले हुने एक अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्काशन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । कूल नौ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ ।

     

    सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैैंकको अधिकृत पूँजी ३० अर्ब, जारी पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्ता पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार बराबर छ ।


    अर्थ चाैतारी
  • २०८२ बैशाख ६, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट