logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • प्राइम बैंकको नाफा ६४ करोडले घट्यो, वितरणयोग्य नाफा १ अर्ब ७३ करोड

    प्राइम बैंकको नाफा ६४ करोडले घट्यो, वितरणयोग्य नाफा १ अर्ब ७३ करोड

    104
    SHARES
    प्राइम बैंकको नाफा ६४ करोडले घट्यो, वितरणयोग्य नाफा १ अर्ब ७३ करोड

    काठमाण्डौ । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ नाफा रहेको थियो ।



     

    बैंकको वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड ३८ लाख रुपैयाँबाट १५.१७ प्रतिशतले बढेर ६ अर्ब ६६ करोड १३ लाख रुपैयाँ पुगेको छ । इम्पेयरिमेन्ट चार्ज ८९ करोड ५० लाख रुपैयाँबाट बढेर २ अर्ब ३३ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

     

    १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड ८३ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४.६३ रुपैयाँ छ । बैंकको खरा बर्जा ५.६५ प्रतिशत पुगेको छ ।


    अर्थ चौतारी
  • आइतबार, ७ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved