logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • ज्योति विकास बैंकको खुद नाफा ३० करोड ६६ लाख ११ हजार रुपैयाँ

    ज्योति विकास बैंकको खुद नाफा ३० करोड ६६ लाख ११ हजार रुपैयाँ

    130
    SHARES
    ज्योति विकास बैंकको खुद नाफा ३० करोड ६६ लाख ११ हजार रुपैयाँ

    काठमाण्डौ । ज्योति विकास बैंकको नाफा शतप्रतिशत वृद्धि भएको छ । बैंकले आइतबार प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा बैंकले ३० करोड ६६ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा १०१.४८ प्रतिशत धेरै हो । गत अवाको सो अवधिमा बैंकले १५ करोड २४ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।



     

    तर, बैंकको खुद ब्याज आम्दानी पनि ७.१९ प्रतिशत घटेको छ । समिक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ अर्ब ५८ करोड ४१ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । जबकि, गत आवको सो अवधिमा पनि १ अर्ब ७० करोड ६८ लाख ५९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस्तै, बैंकले ९ महिनामा ४३ करोड ७९ लाख ६१ हजार रुपैयाँ संचालन नाफा गरेको छ ।

     

    बैंकको वितरणयोग्य नाफा भने ५६ करोड ८७ लाख ७६ हजार रुपैयाँ ऋणात्मक छ । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ८५ करोड ३ लाख रुपैयाँ राखेको छ ।

     

    समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि १.३७ प्रतिशतबाट घटेर १.६६ प्रतिशत पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) ९.३० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५१.९० रुपैयाँ कायम भएको छ ।


    अर्थ चौतारी
  • आइतबार, ७ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved