logo

२०८२ जेष्ठ ६ सोमबार

logo
  • सोमबार, ६ जेष्ठ २०८२
  • नेपाल एसबीआई बैंकको नाफा १ अर्ब २० करोड

    नेपाल एसबीआई बैंकको नाफा १ अर्ब २० करोड

    130
    SHARES
    नेपाल एसबीआई बैंकको नाफा १ अर्ब २० करोड

    काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्ष २०८०/८१को सोही अवधि (चैतसम्म)को तुलनामा ३.३५ प्रतिशतले मात्रै बढेको देखिएको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १६ करोड ४१ लाख रुपैयाँ नाफा रहेको थियो ।



     

    बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड १५ रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको छ । बैंकले गत वर्ष ५ अर्ब ५७ करोड ७८ लाख रुपैयाँ ब्याज आम्दानी रहेकोमा यो वर्ष घटेर ३ अर्ब ५३ करोड ४९ लाख रुपैयाँमा सिमित भएको छ । यस्तो ब्याज आम्दानी गत वर्षको तुलनामा यो वर्ष एसबीआई बैंकको १.०८ प्रतिशले घटेको छ । यसको इम्पेयरिमेन्ट चार्ज ८० करोड रुपैयाँबाट घटेर ७२ करोड ५८ लाख रुपैयाँमा झरेको छ ।

     

    बैंकको यो वर्षको चैतसम्मको निक्षेप १ खर्ब ८५ अर्ब रुपैयाँ रहेको छ भने यो निक्षेपबाट बैंकले १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी गत वर्षको तुलनामा चुक्ता पुँजी ३९ करोड रुपैयाँले बढेको छ । बैंकको जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ छ ।

     

    प्रतिसेयर आम्दानी १४.७२ रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८३.०८ रुपैयाँ छ । कस्ट अफ फन्ड ५.३५ प्रतिशत रहेको यो बैंकको निष्कृय कर्जा ४.०६ प्रतिशत रहेको छ ।


    अर्थ चौतारी
  • आइतबार, ७ बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved