logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • न्यादी फिदी जलविद्युत परियोजनाको आईपीओ निष्काशनका लागि माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रोबीच सम्झौता

    न्यादी फिदी जलविद्युत परियोजनाको आईपीओ निष्काशनका लागि माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रोबीच सम्झौता

    91
    SHARES
    न्यादी फिदी जलविद्युत परियोजनाको आईपीओ निष्काशनका लागि माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रोबीच सम्झौता

    काठमाण्डौ । नर्थ समिट हाइड्रो लिमिटेडले आफ्नो प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । शुक्रबार आयोजित एक समारोहका बीच दुबै कम्पनीबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।



     

    माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रोको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नेछ । नर्थ समिट हाइड्रो लिमिटेडले रु. १०० अंकित मूल्यमा कुल ३८ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ३८ करोड ४० लाख रहेको छ । यसले कम्पनीको कुल जारी पूँजीको ३० प्रतिशत हिस्सा ओगट्छ ।

     

    नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा पर्ने न्यादी र फिदी खोलाको बहाव उपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । परियोजना कार्यान्वयनको क्रममा रहेको छ र यसको वित्तीय व्यवस्थापन तथा पूँजी परिचालनमा यो आईपीओ महत्त्वपूर्ण कदम मानिएको छ ।

     

    माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । यो धितोपत्र व्यवसायी कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार, संस्थागत परामर्श, निक्षेप सदस्यता र सामूहिक लगानी कोष सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।


    अर्थ चौतारी
  • शुक्रबार, २३ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved