logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • नाडेप लघुवित्त वित्तीय संस्था १० औं वार्षिक साधारणसभा सम्पन्न

    नाडेप लघुवित्त वित्तीय संस्था १० औं वार्षिक साधारणसभा सम्पन्न

    130
    SHARES
    नाडेप लघुवित्त वित्तीय संस्था १० औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्थाकााे दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । यस वित्तीय संस्थाले ८८ वटा शाखा मार्फत ८९ हजार ५४० ग्रामीण तथा पिछडिएका महिलाहरुमा वित्तीय सेवा पुर्‍याइरहेको छ ।



     

    २०८१ बैशाख मसान्तसम्म ६ अर्ब ३७ करोड लागानिमा बाकी सावाँ रहेको, रु. १ अर्ब ८२ करोड सदस्यको बचत एवं बैंक तथा वित्तीय क्षेत्रको कर्जा ३ अर्ब २२ करोड परिचालन भएको छ । यस लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले लघुवित्त क्षेत्रलाई व्यवस्थित गर्न नेपाल राष्ट्र बैंक जारी मौद्रिक नीति तथा लघुवित्त वित्तीय संस्थालाई जारी निर्देशन गत वर्ष २०८१ को अधिनमा कार्यक्रम संञ्चालन गर्न व्यवस्थापनलाई निर्देशन दिएका छन् ।

     

    अन्त्यमा, नाडेप लघुवित्त वित्तीय संस्थाको उन्नति र प्रगतिमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग, सल्लाह र प्रोत्साहित गरी आ–आफ्नो क्षेत्रबाट पुर्‍याएको योगदानका लागि सम्पूर्ण शेयरधनी, ग्राहकहरु, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सजेन्ज, सिटिएस एण्ड क्लियरिङ्ग , बैंक तथा वित्तीय संस्थाहरु, लेखापरीक्षक, दातृ निकायहरु र यस वित्तीय संस्थाका कर्मचारीहरुलाई सञ्चालक समितिको तर्फबाट धन्यवाद दिंदै आगामी दिनहरुमा समेत निरन्तर सहयोगकाे अपेक्षा राखिएकाे छ।


    अर्थ चौतारी
  • आइतबार, २५ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved