काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको ओरालो यात्रा कायमै देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ८.५६ अैकले घटेर २६ सय ३२ दशमलव ४० वन्दिुमा रोकिएको छ । यस्तै आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज ३१३ कम्पनीको १ करोड ९९ लाख ९२ हजार कित्ता सेयर खरिदबिक्रि हुँदा ९ अर्ब १३ करोड ७४ लाख १४ हजार रूपैयाँको कारोबार भएको छ ।
यसदिन जलविद्युत र व्यापार समुह बढेका छन् भने अन्य सबै समुह घटेका छन् । रिभरफल पावर लमिटेड र पियोर इनर्जी लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेका छन् भने ओम मेगाश्री फमास्युटिकल र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आइतबार दुई कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन रिभर फल्स पावर र प्योरे इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत वृद्धि भएको हो । उक्त दिन रिभर फल्सको सेयर भाउ प्रतिकित्ता ५२.४० रुपैयाँ बढेर ५७७ रुपैयँ कायम भएको छ । तया, प्योर इनर्जीको पनि प्रतिकित्ता ५१.२० रुपैयाँ बढेर ५६३.५० रुपैयाँ कायम भएको छ ।
उक्त दिन छ्याङ्दी हाइड्रोपावरको सेयर भाउ पनि ८.५७ प्रतिशत, हिमालयन पावरको ८.०३ प्रतिशत , चिलिमेको ७.७९ प्रतिशत, सुपर मादीको ६.५५ प्रतिशत, सिनर्जी पावरको ६.४६ प्रतिशत र मिथिला लघुवित्तको ६.१७ प्रतिशत वृद्धि भएको छ । आज यीसहित ८६ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ ।
आइतबार डेढ सय बढी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन १६२ वटा कम्पनीको सेयर भाउ घटेको हो । उक्त दिन ओम मेगाश्रीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता १८०.८४ रुपैयाँ घटेको हो ।
यस्तै, आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर भाउ ९.९९ प्रतिशत, समाज लघुवित्तको ८.२८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ७ .७३ प्रतिशत, उपकार लघुवित्तको ७ प्रतिशत, दोर्दी खोलको ६.०८ प्रतिशत, भुगोल इनर्जीको ६.०२ प्रतिशत घटेको छ । आज यीसहित १६२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।