logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध ३ वटा घुस मुद्दा दर्ता गर्दै अख्तियार

    नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध ३ वटा घुस मुद्दा दर्ता गर्दै अख्तियार

    104
    SHARES
    नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध ३ वटा घुस मुद्दा दर्ता गर्दै अख्तियार

    काठमाण्डौ । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा.चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा घुस मुद्दा अदालतमा लैजाने निर्णय गरेको छ।



     

    कर्जा प्रवाह गर्दा घुस एवं कमिसन लिने गरेको उजुरीमा छानबिन गरेसँगै अख्तियारले विशेष अदालतमा ३ वटा घुस मुद्दा दर्ता गर्नलागेको हो। अख्तियार स्रोतका अनुसार आजै अख्तियारले अधिकारीविरुद्ध घुस मुद्दा दर्ता गर्ने तयारी छ।

     

    अधिकारीलाई आयोगले गत वर्ष माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। उनले आफ्ना चालक उमेश महर्जनमार्फत ऋणीबाट कर्जाबापतको कमिसन उठाउने गरेको अनुसन्धानबाट फेला परेको थियो।

     

    अख्तियारको छानबिनमा परेसँगै नेपाल राष्ट्र बैंकले पनि डा.अधिकारीलाई कारबाही गरिसकेको छ। केन्द्रीय बैंकले अनुचित क्रियाकलाप गरेको भन्दै अध्यक्षलाई जरिवानासहित अध्यक्ष पदबाट हटाउन नेपाल बैंकको सञ्चालक समितिलाई निर्देशन दिएको थियो। योसँगै उनी अध्यक्ष पदबाट निष्काशित भएका थिए।


    अर्थ चौतारी
  • सोमबार, २६ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved