logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • नेप्सेमा २७.२९ अंककाे वृद्धि, ८ अर्ब ६८ करोड रुपैयाँ कारोबार

    नेप्सेमा २७.२९ अंककाे वृद्धि, ८ अर्ब ६८ करोड रुपैयाँ कारोबार

    78
    SHARES
    नेप्सेमा २७.२९ अंककाे वृद्धि, ८ अर्ब ६८ करोड रुपैयाँ कारोबार

    काठमाण्डौ । लगातारको चार दिनको गिरावटपछि सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२९ अंकले बढेर २६५७.१९ विन्दुमा पुगेको छ ।



     

    यसअघिका चार कारोबार दिन भने नेप्से लगातार घटेको थियो । अघिल्लो कारोबार दिन आइतबार नेप्से ११ अंकले घटेर २६२९ विन्दुमा कायम भएको थियो । गत साताको मंगलबार नेप्से ३५.७३ अंक, बुधबार ११.९७ अंक र बिहीबार ५.९९ अंकले घटेको थियो ।

     

    आज सूचक बढेपनि कारोबार रकम भने घटेको छ । सोमबार नेप्सेमा कुल ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    सोमबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ । सोमबार जलविद्युत् समूहमा लगानीकर्ताको सर्वाधिक आकर्षण देखिएको छ । जलविद्युत् समूहको सेयर मूल्य २.४७ प्रतिशतले बढ्दा लगानी समूहमा १.२९ प्रतिशतको वृद्धि भएको छ ।


    अर्थ चौतारी
  • सोमबार, २६ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved