काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका पुर्व इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अनुसन्धान आयोगले कोइरीविरुद्ध सोमबार ४ करोड ५८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा विशेष अदालतमा उनीमाथी अभियोगपत्र दायर गरेको हो ।
उनी २०४६ बैशाख १९ गतेदेखी २०७८ फागुन ३० गतेसम्म पदमा रहदा २ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको देखिए पनि उनको कुल खर्च तथा लगानी जम्मा ७ करोड ९६ लाख रुपैयाँ देखिएको छ ।
पुर्व इन्जिनियर कोइरीको आम्दानी र खर्च समष्टिगत रुपमा विश्लेषण गरी हेर्दा आयको तुलनामा व्ययको हिसाव अमिलदो देखिएको छ । उनले रकम आम्दानी भएपनी हिसाबमा गढबडी भएपछि अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएपटि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उप दफा २ बमाजिम कैद र जरिवाना माग दाबी गर्दै मुद्दा दायर गरिएको छ ।