logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    78
    SHARES
    हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।



     

    कम्पनीले असार १० गते साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष आ.व. २०८०/८१ को मुनाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

     

    यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

    १. संचालक समितिको आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

    २. कम्पनीको आ.व. २०८०/८१ को अवधिको लागि NFRS बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/ नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

    ३. यस कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्ने ।

    ४. संचालक समितिले प्रस्ताव गरे बमोजिम वितरणयोग्य संञ्चित मुनाफाबाट कम्पनीको चुक्ता पूंजी रु. ९,१४,३२,३७,३०६/-(अक्षरेपी नौ अर्ब चौध करोड बत्तिस लाख सैतिस हजार तीन सय छ) को ८ प्रतिशत को दरले हुने रु. ७३,१४,५८,९८४.४८ (अक्षरेपी त्रिहत्तर करोड चौध लाख अन्ठाउन्न हजार नौ सय चौरासी र पैसा अठ्चालिस) नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गर्ने ।

    ५. संचालक समितिको निर्णय बमोजिम आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने ।

    विशेष प्रस्ताव :
    १. कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने ।

    २. कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८०/८१ मा भएको खर्चको अनुमोदन गर्ने ।


    अर्थ चौतारी
  • मंगलबार, २७ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved