काठमाण्डौ । चालु आव २०८१/८२ को वैशाखमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर ८.११ प्रतिशत रहेकाे छ । गत आवको यही अवधिमा वाणिज्य बैंकहरुको ब्याजदर १०.३४ प्रतिशत थियाे । समीक्षा अवधिमा कर्जाको ब्याजदर २३ प्रतिशतले घटेकाे हाे ।
२०८२ वैशाखमा विकास बैंकहरुको ९.४५ प्रतिशत र वित्त कम्पनीहरुको १०.३१ प्रतिशत रहेको छ । २०८१ वैशाखमा विकास बैंकहरुको ११.८९ प्रतिशत र वित्त कम्पनीहरूको १३.११ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधार दर ६.१७ प्रतिशत रहेको छ । अघिल्लो आवको यही अवधिमा वाणिज्य बैंकको औसत आधार दर ८.३४ प्रतिशत थियो ।
समीक्षा अवधिमा विकास बैंकको पनि औसत आधार दर घटेको छ । अघिल्लो आवको वैशाखमा १०.१५ प्रतिशत औसत आधार दर रहेकोमा चालु आवको वैशाखमा ८.२४ प्रतिशतमा झरेको छ । त्यस्तै वित्त कम्पनीहरुको ९.११ प्रतिशत रहेको छ । २०८१ वैशाखमा वित्त कम्पनीहरुको औसत आधार दर ११.६१ प्रतिशत रहेको थियो । चालु आवको वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.३७ प्रतिशत रहेको छ । अघिल्लो आवको यही अवधिमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.३५ प्रतिशत थियो ।
समिक्षा अवधिमा विकास बैंकहरुको ५.११ प्रतिशत र वित्त कम्पनीहरुको ६.१५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा विकास बैंकहरुको ७.३१ प्रतिशत र वित्त कम्पनीहरुको ८.५५ प्रतिशत भारित औसत ब्याजदर कायम भएको थियो ।