logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • संवैधानिक पदाधिकारी नियुक्ति विवादमा आज फैसला नआउने

    संवैधानिक पदाधिकारी नियुक्ति विवादमा आज फैसला नआउने

    91
    SHARES
    संवैधानिक पदाधिकारी नियुक्ति विवादमा आज फैसला नआउने

    काठमाण्डौ । विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी चार वर्षअघिको विवादमा सर्वोच्च अदालतले आज पनि निर्णय दिन सकेन।



     

    सर्वोच्चको संवैधानिक इजलासमा गत जेठ १ गते सुनुवाइ सकेर आजका लागि निर्णय सुनाउने दिन तोकिएको भए पनि अन्तिम समयमा फेरि अर्को दिन निर्णय दिने सूचना इजलासमा सुनाइएको छ।

     

    आज बुधबार बिहानैदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको चेम्बरमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी छलफलमा जुटेका थिए। निकै गोप्य तबरमा भएको छलफलका विवरण बाहिर सार्वजनिक भएको छैन। १४ वटा निवेदन यही विषयमा परेका थिए। ती सबै निवेदन एकसाथ राखी सुनुवाइ भएको थियो।


    अर्थ चौतारी
  • बुधबार, २८ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved