logo

२०८२ जेष्ठ ३१ शनिबार

logo
  • शनिबार, ३१ जेष्ठ २०८२
  • बर्दिबासका रेल्वे पीडितद्वारा रेल विभागमा पुनः धर्ना

    बर्दिबासका रेल्वे पीडितद्वारा रेल विभागमा पुनः धर्ना

    117
    SHARES
    बर्दिबासका रेल्वे पीडितद्वारा रेल विभागमा पुनः धर्ना

    काठमाण्डौ । बर्दिबासका रेल्वे पीडित आन्दोलनका लागि काठमाण्डौमा पुनः काठमाण्डौ आएका छन् । बुधबार रेल्वे पीडितहरू पुनः विभागमा आएर धर्ना दिएका हुन् । यससँगै रेलवे कम्पनीका पूर्वमहाप्रबन्धक गुरुप्रसाद भट्टराईको नेतृत्वमा विभागका महानिर्देशक अजय मूलसँग छलफल भएको थियो । उक्त छलफलमा महानिर्देशक मूलले आयोग बनाएर पीडितका समस्या सम्बोधन गर्ने तयारी भइरहेको जानकारी गराएका थिए ।



     

    उक्त छलफलबाट कुनै निष्कर्ष भने आउन नसकेको पीडितहरुले बताएका छन् । बैठकबाट निष्कर्ष आउन नसकेपछि भोलि (बिहीबार) भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग छलफल गर्ने निर्णय भएको रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले जानकारी दिए ।

     

    ‘१४ परिवार लालपुर्जा नभएको जग्गाको मुआब्जा पाउने आसामा लामो समयदेखि आन्दोलनरत छन् । उनीहरूको माग सम्बोधन नहुँदा विभागमा धर्नाका लागि आएका हुन्,’ भट्टराईले भने, ‘मेरै क्षेत्रका बासिन्दा भएको हुनाले मैले सहजीकरणका लागि महानिर्देशकज्यूसँग छलफल गरेको हुँ । उहाँले यथाशक्य चाँडो काम अघि बढाइने तयारी भएको बताउनुभएको छ ।’


    अर्थ चौतारी
  • बुधबार, २८ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved