काठमाण्डौ । साताको कारोबार अवधिमा नेप्से परिसूचक ६०.०१ अंकले घट्दै २९२२.६३ विन्दुमा झरेको छ। यद्यपि, बजार समग्रमा ओरालो लाग्दासमेत केही कम्पनीका सेयर मूल्य उल्लेखनीय रूपमा वृद्धि भएका छन्।
सबैभन्दा धेरै मूल्य वृद्धिको नेतृत्व ट्रेड टावर लिमिटेडले गरेको छ। कम्पनीको सेयर मूल्य एकै सातामा ६१.०२ प्रतिशतले बढेर ६४८.२० रुपैयाँबाट १०४३.७० रुपैयाँमा पुगेको छ। प्रतिकित्ता ३९५.५० रुपैयाँको वृद्धिसँगै लगानीकर्तालाई उल्लेख्य मुनाफा दिलाएको छ।
त्यस्तै, दोस्रो स्थानमा रहेको सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य ५४.२७ प्रतिशतले बढेको छ। कम्पनीको सेयर गत साता ५७७.९० रुपैयाँमा कारोबार बन्द भएकोमा हाल ८९१.५० रुपैयाँमा पुगेको छ, जसअनुसार प्रतिकित्ता ३१३.६० रुपैयाँले मूल्य बढेको हो।
तेस्रो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था परेको छ। कम्पनीको सेयर मूल्य १४.६९ प्रतिशतले वृद्धि भई १०३८.८४ रुपैयाँबाट ११९१.४५ रुपैयाँमा पुगेको छ।
यसैगरी, सप्तकोशी विकास बैंकको सेयर मूल्य पनि यो साता ११.०२ प्रतिशतले वृद्धि भएको छ। बैंकको सेयर ९०३.४७ रुपैयाँबाट बढेर १००२.९९ रुपैयाँमा कारोबार बन्द भएको छ।
नेप्से सूचक ओरालो लागेपनि केही कम्पनीका सेयर मूल्यमा भएको तीव्र वृद्धिले बजारमा सक्रिय लगानीकर्ताहरूको आत्मविश्वास कायम राख्न सहयोग पुर्याएको देखिन्छ।
अर्थ चाैतारी ।