logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • नेपालमा रासायनिक मल कारखाना खोल्ने प्रस्ताव बोकेर निगमको टोली दिल्लीमा

    नेपालमा रासायनिक मल कारखाना खोल्ने प्रस्ताव बोकेर निगमको टोली दिल्लीमा

    728
    SHARES
    नेपालमा रासायनिक मल कारखाना खोल्ने प्रस्ताव बोकेर निगमको टोली दिल्लीमा

    काठमाण्डौ । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि भारतीय सहयोगको प्रस्ताव बोकेर नेपाल आयल निगमको एक उच्चस्तरीय टोली दिल्ली पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग कारखाना स्थापनामा लगानी सुनिश्चितताका विषयमा ठोस छलफलका लागि पाँच सदस्यीय टोली आईओसीको मुख्यालय पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बुधवार जानकारी दिए ।



     

    ठाकुरका अनुसार मंगलबार निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक दीपक बराल र पूर्ण रिजाल निर्देशक विनीतमणि उपाध्याय र सुरज साह आइओसी मुख्यालय गएका हुन् । ‘बुधवार दिउँसो आईओसीका अधिकारीसँग नेपालमा मल कारखानामा लगानी गर्ने विषयमा छलफल गर्ने कार्यसूची छ ,’ ठाकुरले भने ।

     

    मल कारखानाबाहेक पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने र हाइड्रोजन बस सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ । निगमले इथानोल मिसाउने कार्यविधि बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइसकेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ४ भदाै २०८२
  • सम्बन्धित समाचार