logo

२०८२ पुस ३०, बुधबार

logo
  • २०८२ पुस ३०, बुधबार
  • भक्तपुर चेम्बरद्वारा भक्तपुरमा घिन्ताङ घिसी कार्यक्रम सम्पन्न

    भक्तपुर चेम्बरद्वारा भक्तपुरमा घिन्ताङ घिसी कार्यक्रम सम्पन्न

    403
    SHARES
    भक्तपुर चेम्बरद्वारा भक्तपुरमा घिन्ताङ घिसी कार्यक्रम सम्पन्न

    काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसर पारेर नेपाल चेम्बर अफ कमर्स भक्तपुरले स्थानीय लायन्स क्लबहरुसँगको सहकार्यमा ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको घिन्ताङ घिसी कार्यक्रम गरेको छ ।



     

    भक्तपुर चेम्बरले आयोजना गरेको सो कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्स हीरक जयन्ती मूल समारोह समितिका सभापति तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ र चेम्बरका पूर्वअध्यक्ष राजेन्द्र मल्लले संयुक्त रुपमा गरे। उद्घाटनपछि शुरु भएको घिन्ताङ घिसी कार्यक्रमले भक्तपुरको शहर परिक्रमा गर्दै परम्परागत नेवारी संगीत, नृत्य र भेषभूषा सहित उत्सवमय वातावरण सिर्जना गरेको थियो ।

     

    हीरक जयन्ती मूल समारोह समितिका सभापति श्रेष्ठले घिन्ताङघिसी भक्तपुरको ऐतिहासिक सम्पदा, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा टेवा पुर्‍याउने महत्वपूर्ण माध्यम भएको बताए। चेम्बरले आर्थिक विकाससँगै संस्कृतिको संरक्षणलाई पनि चेम्बरले प्राथमिकतामा राखेको स्पष्ट गरे।

     

    कार्यक्रममा चेम्बरका पदाधिकारी, उद्योगी व्यवसायी, लायन्स क्लबका प्रतिनिधि तथा स्थानीय समुदायको उत्साहजनक उपस्थिति रहेको थियो । सहभागीहरुले परम्परागत वाद्यवादन र नेवारी नृत्यसागै ऐतिहासिक शहर भक्तपुरलाई झन् रंगिन र जीवन्त बनाइदिएका थिए ।

     

    भक्तपुर चेम्बर अफ कमर्सका पदाधिकारीहरुले चेम्बरको हीरक जयन्तीका अवसरमा आयोजना गरिएको यस प्रकारको सांस्कृतिक गतिविधिले स्थानीय तहमा पर्यटन प्रवर्द्धन र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।


    अर्थ चाैतारी
  • बुधबार, ४ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट