logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्‍यो, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्‍यो, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    507
    SHARES
    मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्‍यो, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ।



     

    बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा तथा कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा र तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

     

    आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

     

    कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट