काठमाण्डौ । देशभर आउँदो असोज १ गतेबाट सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने गराउने निर्णय गरेको छ। सबै प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा असोज १ गतेदेखि लागू हुने गरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने मन्त्रालयले जनाएको छ। यो व्यवस्था कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने र गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्नेछ।
यस्तो छ प्रक्रिया
१. hsenp.dotm.gov.np मा गएर अनलाइन फाराम भर्ने।
२. तोकिएको यातायात कार्यालयमा गएर तोकिएअनुसारको दस्तुर बुझाउने।
३. अनलाइन फारामसँगै तल आवश्यक कागजातहरु सम्बन्धित यातायात कार्यालयमा बुझाउने।
आवश्यक कागजपत्र
लाग्ने शुल्क
अन्य आवश्यक कागजपत्र
४. सबै कागजपत्र तयारी गरी कार्यलयमा रुजु गराउने बायोमेट्रिकका लागि एसएमएसमार्फत जानकारी गराइनेछ।
५. तोकिएको समयमा बायोमेट्रिकका लागि साथै सवारीमा नम्बर प्लेट जडानका लागि तोकिएको यातायात कार्यालय जानुपर्नेछ।
६. सबै प्रकिया पूरा भएपछि इम्बोस्ड नम्बर ब्लु बुकमा लेखाउनुपर्नेछ।
अर्थ चाैतारी ।