logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • सहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना

    सहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना

    754
    SHARES
    सहरी विकास मन्त्रालयको ‘अनलाइन अनुगमन कक्ष’मा जोडिए प्राथमिकतायुक्त आयोजना

    काठमाण्डौ । सहरी विकास मन्त्रालयले मन्त्रालयअन्तर्गतका ठूला आयोजनाको प्रभावकारी निगरानीका लागि ‘अनलाइन अनुगमन कक्ष’ सञ्चालनमा ल्याएको छ। प्राथमिकतायुक्त आयोजनाहरुको चौबीसै घण्टा अनलाइनमार्फत अनुगमन गर्न सकिने उक्त कक्षको बिहीबार एक कार्यक्रमबीच उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शुभारम्भ गरे।



     

    उक्त कक्षबाट मन्त्रालयका कर्मचारीहरुले आयोजना प्रमुखसँग लाइभ कुराकानी र छलफल गर्न सक्नेछन्। शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री सिंहले अनलाइन अनुगमन प्रणालीले समय र खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या तत्काल समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले विकास निर्माणका आयोजनाहरुलाई गति दिन यस कक्षले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे। तत्कालका लागि अनलाइन अनुगमन कक्षबाट कीर्तिपुररस्थित क्रिकेट रंगशाला र नवलपुर जिल्ला सदरमुकाको आयोजना मनिटरिङ गरिएको छ। आउँदा दिनमा मन्त्रालयमातहतका प्राथमिकतायुक्त सबै आयोजनालाई अनुगमन गर्ने प्रक्रियामा जाने मन्त्री सिंहले बताए।

    उनले भने, ‘प्राथमिकतायुक्त आयोजनाहरुको अनलाइन अनुगमन कक्षको प्रारम्भ भएको छ। प्रविधिको अधिकतम सदुपयोग गरेर विकास निर्माणका कामलाई तीव्रताका साथ सम्पन्न गर्नको लागि यी टुल्सहरुको हामीले प्रयोग गर्न जान्नुपर्ने हुन्छ। त्यहीअनुसार आज हामीले यो कार्य अगाडि बढाएका हौँ। अब हाम्रो मन्त्रालयबाट प्राथमिकतामा परेका विकास निर्माणका आयोजनाहरुको अनुगमन गरिनेछ।’ यद्यपि भौतिक अनुगमन परम्परागत शैली पनि छोड्न नहुने उनले बताए।

     

    उनले भने, ‘फिल्डमै गएर अनुगमन गर्ने तथा भौतिक प्रगति के कस्तो छ बुझ्ने कार्यहरु त हुन्छन् नै। तर यो अनलाइन अनुगमनले समय तथा खर्च वचत हुने तथा आयोजना निर्माणमा देखिएका समस्या अनुगमन कक्षमा बसेका कर्मचारीहरुसँगको समन्वयमा समाधान गर्न सहयोग पुग्नेछ। अहिले नेपालमा विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न नहुने समस्या छ । त्यो समस्या समाधान गर्नको लागि यसले महत्वपूर्ण सहयोग गर्ने हाम्रो विश्वास छ ।’ अनलाइनमार्फत अनुगमन गरे पनि भौतिक अनुगमन गरेर प्रगतिको अवस्था बुझ्ने कार्य नरोकिने मन्त्रालयले जनाएको छ। न्युज एजेन्सी नेपालबाट


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट