logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • ऊर्जा मन्त्रालयका १४ कर्मचारीलाई काजमा खटाइयो, को कहाँ पुगे?

    ऊर्जा मन्त्रालयका १४ कर्मचारीलाई काजमा खटाइयो, को कहाँ पुगे?

    923
    SHARES
    ऊर्जा मन्त्रालयका १४ कर्मचारीलाई काजमा खटाइयो, को कहाँ पुगे?

    काठमाण्डौ । ऊर्जा मन्त्रालयले १४ कर्मचारीलाई काजमा खटाएको छ। मन्त्रालयले विभिन्न श्रेणी सेवा समूह र उपसमूहका कर्मचारीलाई काजमा खटाएको हो। यसअनुसार सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुलीको आयोजना निर्देशकमा गणेश मरासिनी, सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना जावलाखेलको आयोजना निर्देशकमा रमेश कुमार सिंहलाई खटाइएको छ।



     

    यसबाहेक ठूला तथा बहुउद्देश्यीय आयोजना अध्ययन तथा तयारी कार्यक्रमको आयोजना निर्देशकमा सुशीलचन्द्र देवकोटा, बबई सिँचाइ आयोजनाको आयोजना निर्देशकमा गोपाल शर्मा, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आयोजना निर्देशकमा सुरेन्द्र पौडेल, सिक्टा सिँचाइ आयोजनाको कायममुकायम आयोजना निर्देशकमा राजु आचार्य तोकिएका छन्।

     

    यसबाहेक जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजना ललितपुरको निमित्त आयोजना निर्देशकमा राजु आचार्य, जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाको निमित्त निर्देशकमा रणबहादुर बम, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाको निमित्ता आयोजना प्रमुखको जिम्मेवारी नारायण प्रसाद सुवेदीले पाएका छन्। यसबाहेक तराई मधेश भूमिगत जलसिँचाइ आयोजनाको निमित्त कार्यक्रम संयोजकको जिम्मेवारी दिपेन्द्र लौडारीले पाउँदा बागमती सिँचाइ आयोजनाको निमित्त आयोजना निर्देशकमा सन्तोष कुमार चौधरीलाई लगिएको छ।

     

    यसबाहेक सिँचाइ संस्थागत विकास आयोजनाको आयोजना प्रमुखमा चक्र विक्रम सिंह, जलस्रोत तथा सिँचाइ विभागको सीडीईमा बद्री कार्की, सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कास्कीको आयोजना प्रमुखमा विदुरमान श्रेष्ठ र जलस्रोत तथा सिँचाइ विभाग आयोजना कार्यान्वयन व्यवस्थापन समूहको सीडीईमा कृष्णप्रसाद डुम्राकोटीलाई खटाइएको ऊर्जा मन्त्रालयले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट