logo

२०८२ माघ २, शुक्रबार

logo
  • २०८२ माघ २, शुक्रबार
  • नेप्सेमा आज पनि गिरावट, ५ अर्बको कारोबार

    नेप्सेमा आज पनि गिरावट, ५ अर्बको कारोबार

    533
    SHARES
    नेप्सेमा आज पनि गिरावट, ५ अर्बको कारोबार

    काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो ।परिसूचकसँगै आज कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरमा कुल ३१९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड कारोबार भएको हो ।



     

    सर्वाधिक कमाउने कम्पनीमा विकास हाइड्रो सबैभन्दा अगाडि छ । उक्त कम्पनीमा आज ९.९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गिरावट भने जनउत्थान सामुदायिक लघुवित्त संस्थाको ४.५६ प्रतिशत बराबर रह्यो ।

     

    कारोबार रकमको आधारमा आज हिमालयन पुनर्बीमा कम्पनीले अग्रता लिएको छ। कम्पनीको २४ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । यो साता पाँच दिनमध्ये तीन दिन बजार परिसूचक घट्यो भने २ दिन बढ्यो । योसमेत गरी सातामा बजारमा ३०.३९ अङ्कको गिरावट आएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार