logo

२०८२ माघ ८, विहिबार

logo
  • २०८२ माघ ८, विहिबार
  • ब्रोकर ९३ बेनी सेक्युरिटिजले पायो डिपी लाईसेन्स, डिम्याट र मेरोशेयरसहित यी सेवा दिन पाउने

    ब्रोकर ९३ बेनी सेक्युरिटिजले पायो डिपी लाईसेन्स, डिम्याट र मेरोशेयरसहित यी सेवा दिन पाउने

    884
    SHARES
    ब्रोकर ९३ बेनी सेक्युरिटिजले पायो डिपी लाईसेन्स, डिम्याट र मेरोशेयरसहित यी सेवा दिन पाउने

    काठमाण्डौ । ब्रोकर नम्बर ९३ अर्थात् बेनी सेक्युरिटिजले निक्षेप सदस्य लाइसेन्स पाएको छ। सिडीएससीले भदौ ३ गते कम्पनीलाई निक्षेप सदस्यता अर्थात् डिपी (Depository Participant) लाइसेन्स प्रदान गरेको हो।



    लाईसेन्स पाएसंगै अब कम्पनीले देहाय बमोजिमका सेवाहरु प्रदान गर्न सक्ने छन् ।

    -हितग्राही खाता (डिम्याट् एकाउन्ट) खोल्ने, भौतिक धितोपत्रको अभौतिकीकरण गर्ने, अभौतिक धितोपत्रको पुनः भौतिकीकरण गर्ने,

     

    -विद्युतीय रुपमा रहेका धितोपत्रहरुको व्यवस्थित रुपमा अभिलेख राख्ने, हितग्राहीका खातामा धितोपत्रहरु हस्तान्तरण गरी कारोबारहरुको फछ्र्यौट गर्ने, स्टक एक्स्चेन्ज भन्दा बाहिर हितग्राहीहरु बीच भएका बाह्य बजार कारोबारहरुको फछ्र्यौट गर्ने,

     

    -निष्काशनकर्ताहरुले IPO वा अन्य तरिकाले बाँडफाँड गरेका धितोपत्रलाई हितग्राहीको डिम्याट् खातामा जम्मा गर्ने,

    निष्काशनकर्ताहरुले हितग्राहीलाई दिने गैह्र मौद्रिक संस्थागत लाभहरु (बोनस, हकप्रद शेयर आदि) लाई हितग्राहीका डिम्याट् खातामा जम्मा गर्ने,

     

    -अभौतिकीकरण गरिएका धितोपत्रहरुको बन्धकी राख्ने कार्यमा सहजकर्ताको भूमिका निर्वाह गर्ने

     

    -मेरो शेयर सम्बन्धी सेवा उपलब्ध गराउने ।


    अर्थ चाैतारी
  • विहिबार, ५ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट